१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एक नेपालीको शंकास्पद मृत्यु, छानबिन गर्न परिवारको माग



अ+ अ-
फाइल फोटो

काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र चीनको देन्दाङमा करेन्ट लागेर नेपालीको मृत्यु भएको छ।
संखुवासभाको मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बुको आइतबार मृत्यु भएको संखुवासभाका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

चीन सरकारले निर्माण गरेको नयाँ निकुञ्जको भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचार गर्न नेपाल ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवारले भने उनको मृत्यु रहस्यमय भएको बताएका छन्। ‘भाइको करेन्ट लागेर मृत्यु भएको भनिएको छ, तर जिउमा निलडाम भएकाले शंका लागेको छ,’ मृतकका दाजु खुसीराम खम्बुले भने, ‘घटनाको निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै