१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक संघीय संरचनामा गएसँगै लोकसेवा आयोगले तयार पार्‍यो नयाँ पाठ्यक्रम



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो।

मुलुक संघीय संरचनामा गएसँगै आयोगले संघीय संरचनाअनुरूपको पाठ्यक्रम बनाई लागू गरेको हो। आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जनसहितको नयाँ पाठ्यक्रम तयार पारेको छ। आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यसअघि केन्द्रीय संरचनाअनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै