१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्या थप्ने प्रस्ताव पेश भएको छ । महाधिवेशन अघिको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वमा धेरै आकाक्षी भएपनि संख्या थप्ने प्रस्ताव गरिएको एक पदाधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार  तीन सहमहामन्त्री केन्द्रीय समितिमा ५८ सदस्य सदस्य थप्ने प्रस्ताव पेश भएको छ । यो प्रस्ताव पारित भएमा हाल सम्म १६७ सदस्य रहेको काँग्रेस केन्द्रीय समितिको संख्या २२५ सदस्यीय हुनेछ। यसै बीच १४ औँ महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदन  केन्द्रीय समितिबाट पारित भएको छ । राजनीतिक ,सांगठानिक र आर्थिक प्रतिवेदन बैठकले पारित गरेको हो ।