१ श्रावण २०८३, शुक्रबार
,
Latest
नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार तथा सामाजिक न्यायका लागि योगदान हेतु उमादेवी वादीलाई पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७७ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदान हेतु श्री उमादेवी वादीलाई प्रदान गरिएको छ । 

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा २०७८ मंसिर २३ गते शान्ति समाजद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले श्री वादीलाई रु. १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले मानव अधिकार, सामाजिक न्यायका लागि योद्धा उमादेवी वादीले निर्वाह गर्नुभएको विशिष्ट भूमिकाको चर्चा गर्नुभएको थियो ।

शान्ति समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व सुदुरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादी, प्रदेश १ सांसद एवं पूर्व प्रदेशमन्त्री उषाकला राई, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी र पूर्व उपसभापति रेनुका पौडेलले पुरस्कार सन्दर्भ र सामाजिक न्यायको आन्दोलनमा शान्ति समाजको भूमिकाबारे  प्रकाश पार्नुभएको थियो ।

२०७६ सालमा स्थापित यो पुरस्कार गत वर्ष पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको थियो ।