१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षको काममा सांसदको मरिहत्ते



अ+ अ-

काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ । आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो वजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् ।

सांसदलाई वितरण गरिएको यसअघिको रकमको सही सदुपयोग नभएको गुनासो आइरहेका बेला स्थानीय निकायका जनप्रतिनिधिले समेत नीतिनियम बनाउने सांसदलाई विकास बजेट दिन नहुने बताएका छन् । आवश्यकताअनुसार स्थानीय तहलाई नै विकास बजेट बढाउनुपर्ने भन्दै ती जनप्रतिनिधिले वडा अध्यक्षले गर्ने काम गर्न विधायकहरु किन मरिहत्ते गर्छन् भनी अचम्म पनि मानेका छन् ।

‘सांसदलाई बजेट दिने कुरा राजनीतिमा सिन्डिकेट प्रयोग गर्नको लागि हो’, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भन्छन्– ‘सांसदलाई आफ्नो निर्वाचन क्षेत्र विकासका लागि भन्दै बजेट वितरण गरिनु भनेको भद्दा र लज्जास्पद प्रयोग पनि हो ।’ मुलुकको नीतिनियम बनाउनुपर्ने सांसदहरु विकास बजेट लिएर कहाँ उपभोक्ता समिति बनाउने अनि कसलाई अध्यक्ष बनाउने भन्दै वडा अध्यक्षले गर्ने काम गर्दै हिँड्नु अर्को लज्जाको विषय भएको उनको भनाइ छ । उनी थप्छन्– ‘यस्तो वडा अध्यक्षले गर्ने काम विधायकले गर्नुहुन्छ ? ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै