१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन गर्न छोडेर विवादितलाई नै मुख्य न्यायाधीशमा सिफारिस



अ+ अ-

काठमाडौं । न्यायपरिषदले मंगलबार उच्च अदालतमा कार्यरत दुई न्यायाधीशलाई मुख्य न्यायाधीश सिफारिस गरेको छ। परिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत कुमारप्रसाद पोखरेललाइर्ए उच्च अदालत दिपायल र उच्च अदालत पाटनका न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्ययाधीश सिफारिस गरेको हो ।

कुमार विभिन्न आदेश र फैसलाका क्रममा विवादमा परेका न्यायाधीश हुन्। उनीमाथि गत महिना सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले जाँचबुझ गरी प्रतिवेदन दिएका थिए।

प्रतिवेदन सार्वजनिक नै नगरी उनको बढुवा गरिएको हो। स्रोतले भन्यो, ‘सत्तापक्षका एक उच्च पदस्थ अधिकारी र न्यायाधीश पोखरेलका परिवारका सहपाठी हुनुहुँदो रहेछ। त्यही सम्बन्ध बढुवाका लागि सहज भयो। पाँच वर्षअघि नै न्यायाधीश कुमारप्रसाद पोखरेल सम्मिलित इजलासले एक विवादित फैसला गरेको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै