१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा संकलनका लागि ८ हजार पुगे डोल्पा, करिब २ करोड राजस्व संकलन



अ+ अ-

काठमाडौं । डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

मंगलबारसम्म सात हजार नौ ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् । निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए । मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक संख्या आउन बाँकी रहेको उनको भनाइ छ ।

यस वर्ष निकुञ्जका क्षेत्रमा पर्ने पाटनमा साढे नौ हजारको हाराहारीमा यार्सागुम्बा टिप्न मानिसहरू प्रवेश गर्ने अनुमान गरिएको छ । निकुञ्जबाहेक सामुदायिक वनभित्रका रूपपानी, पोखेपानी, साइक्वारीलगायतका पाटनमा यार्सागुम्बा टिप्न प्रवेश गर्नेको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका पाटनमा गरी २० हजारको हाराहारीमा सर्वसाधारणले यार्सागुम्बा संकलन गर्ने बताइएको छ । यार्सागुम्बाको संकलन पुर्जी वितरणबाट एक करोड ९१ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै