१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँबाट शान्तिको बिगुल बज्यो



अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो ।

त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय बनाइए पनि सरोकारवालाले यसको संरक्षणमा त्यति चासो दिएका छैनन् । माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफू बसेको घर र बैठक स्थललाई २०७३ पुस ९ मा युद्ध संग्रहालयका रूपमा उद्घाटन गरेका थिए ।

संग्रहालयमा ऐतिहासिक दस्तावेज, युद्ध सामग्री, सहिदका स्तम्भलगायत संरचना बनाउने योजना अधुरै छ । नेकपाले यसको विकासमा ध्यान नदिने हो कि भन्ने स्थानीयको चिन्ता छ ।

‘बैठकताका यहीं घरमा प्रचण्ड (पुष्पकमल दाहाल) बसेका थिए’, स्थानीय ६८ वर्षीय यज्ञ वलीले घर देखाउँदै भने। यही घरमा नमुना हतियार राखिएको छ । बैठक बसेको एकतले फुसको छानो भएको घरलाई संरक्षण गर्न टिनको टहरो हालिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै