१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा बसेर काठमाडौँमा ठगी



अ+ अ-

काठमाडौं । रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बीबीए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे ।

‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो । दुइटा मोबाइल नम्बर देखेपछि एउटामा गुप्ताले फोन गरे ।

फोन भोजपुर घर भइ हाल जुम्ला बस्ने रामचन्द्र भट्टराईले उठाए । गुप्ता गफिन थाले । ‘हाम्रो अफिस बसुन्धरामा छ । डेरा खोज्न कार्यालयमै आउनुभयो भने पाँचसय थप चार्ज लाग्छ । होइन भने दुई हजार पाँच सय लाग्छ ,’ भट्टराईको भनाई उदृत गर्दै गुप्ताले भने ,‘मैले कार्यालय जानुभन्दा सजिलो उपाय पैसा तिर्ने निधो गरे ।’

गुप्ताले बैंकबाट भट्टराईको ईसेवाको खातामा पैसा पठाए । पैसा पठाएको केही मिनेटमै भट्टराई फोन सम्पर्कविहीन भए । उनले गुप्तालाई फेसबुक र फोन दुवैमा ब्लक गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै