११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल

रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल
अ अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यका लागि शुरु भएको आन्दोलनदेखि निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि आजसम्म भएका जनताको हरेक आन्दोलनको समष्टिरुप गणतन्त्र रहेको बताउनुभयो ।

पौडेलले राणा शासनको अन्त्यदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रदासुमन एवं सम्मान व्यक्त गर्दै शहीदहरुले देखाएकोे बाटोमा अविराम अविचलित रूरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“आज गणतन्त्र दिवसको अवसरमा यहाँ उपस्थित भइरहँदा हाम्रासामु अनेकन अवसर र चुनौती छन् । लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य भएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम तीन वटै तहका सरकार गठन भई क्रियाशील रहेका छन् । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामु गरेका प्रतिबद्धता नीति, योजना र कार्यक्रम तर्जुमा केन्द्रित गरिएका छन् । जनताका मनमा आशा र उत्साहको सिर्जना भएको छ । नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको छ । विगतमा हामी कहाँ, कस्तो अवस्थामा थियौँ, त्यसतर्फ प्रवेश गर्न चाहन्नँ, त्यसको हामी सबैले महसुस गरेका छौँ । विगतका कार्य व्यवहारमा कोही कसैप्रति आरोपित गर्न वा आक्षेप लगाउनुभन्दा विगतको सन्दर्भबाट शिक्षा लिँदै उज्यालो भविष्य निर्माण गर्ने दायित्व र अवसर हाम्रो सामुन्ने छन् । यस अवसरमा देश र नागरिकप्रतिको दायित्व पूरा गर्न प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, योजना कार्यान्वयमा चुस्तता, सबै तहका राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन सम्झौता र सोहीअनुसार मूल्याङ्कन पद्धति, प्रशासनिक कार्यहरुमा हुने ढिलासुस्तीको अन्त्य, प्रविधिको उच्चतम उपयोग, जनतामा सामाजिक सुरक्षाको प्रत्याभूति, कानूनी तथा नीतिगत स्पष्टता, उद्योग एवं लगानीमैत्री वातावरणको निर्माण, वैज्ञानिक भू–उपयोग नीतिलगायतका विषयलाई उच्चतम् प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

शून्य अवस्थाबाट कार्यालय एवं कर्मचारी व्यवस्थापन, ऐन कानूनको प्रबन्ध गर्दै एक वर्षको समयमा प्रदेश नं ३ सरकारले जे–जस्ता योजना र कार्यक्रमहरु अघि सारेको छ यसबाट प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले हातमा सीप र पाखुरीमा बल भरिएका हजारौँ युवालाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शहीदहरुको योगदानको कदर भए÷नभएको मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रदेशका मन्त्री तथा विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो ।