१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र संस्थागतसँगै मुलुक समृद्धितर्फ



अ+ अ-

चितवन । गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढ्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीपछि आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गणतन्त्र संस्थागत हुनका लागि देशमा समृद्धि आवश्यक रहेको भन्दै सरकार त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही समारोहमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबै राष्ट्रसेवकहरुले इमान्दारीपूर्वक काम गरेर जनतालाई गणतन्त्रको आभास दिलाउनुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी गरिएको थियो ।