१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ बुँदे अबधारणापत्र सार्बजनिक गर्दै थापाले  महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । थापाले कुन समूहबाट उम्मेदवारी दिने बारे भने केही बताउनु भएन ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै थापाले पुरातनशैलीबाट पार्टी संञ्चालन भएको भन्दै परिवर्तन आवश्यक रहेको बताउनु भयो । अब नारामा होईन व्यवहारका खोजिने र भेटिने काग्रेस बनाउनु पर्छ थापाले भन्नुभयो ।  यस अघि १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नु भएको थियो । उहाँले त्यसबेला ५८४ मत पाउनु भएको थियो ।  कांग्रेसको १४औं महाधिवेशन भोली शुक्रबारबाट सुरु हुदैछ ।