११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

गौतमबुद्ध रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित

गौतमबुद्ध रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित
अ अ+ अ-

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको छ । अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशासनलाई दवाव दिएका थिए । भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन् ।
नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । साथै भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरुको भनाई छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

धुर्मससुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।