१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

मुग्लिन सडकखण्डमा दिनमा १० घण्टा सवारी आवागमन बन्द गरिने

मुग्लिन सडकखण्डमा दिनमा १० घण्टा सवारी आवागमन बन्द गरिने
अ अ+ अ-

मुग्लिन । मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ ।

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ ललितपुरका योजना प्रमुख अंगलाल रोकायाले बताए ।

निर्माण सम्पन्न भएको पुललाई सडकसँग जोड्ने काममात्र बाँकी रहेको उनले बताए । ‘दुवैतर्फ सडक दुई मिटर डाउन गर्ने र कालोपत्रेको गर्ने हो,’ उनले भने । सबै काम सकेर असार दोस्रो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । १२ करोड लागतको पुल निर्माणको जिम्मा एलाइट एडभेञ्चर लोहनी जेभीले पाएको थियो ।

उनका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

उनका अनुसार दिनको समयमा सकेसम्म यात्रुलाई मर्का नपर्ने तवरले सवारी छाड्ने तयारी भएको उनले बताए । ‘केही भाग कटान गर्नुपर्नेछ । ढुंगा झरेर गाडीहरूलाई लाग्ला भनेर सचेत गराउन सूचना जारी गरेका हौं,’ उनले भने, ‘समय निश्चित गरिएपछि यात्रुहरू पनि सोहीअनुसार तयारी गरेर यात्रा गर्छन् ।’

निश्चित समयावधिका लागि उक्त खण्ड बन्द भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासँगै १० जिल्लामा आउजाउ गर्ने यात्रु समस्यामा पर्नेछन् । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

हाल सञ्चालनमा रहेको पुरानो पुल निकै जीर्ण बनेपछि नयाँ प्रविधिको ‘आर्क ब्रिज’ निर्माण भएको हो ।

नयाँ पुल सञ्चालनमा आएसँगै पुरानो पुल विस्थापित हुनेछ । पुलले चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्छ ।