५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन सडकखण्डमा दिनमा १० घण्टा सवारी आवागमन बन्द गरिने



अ+ अ-

मुग्लिन । मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ ।

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ ललितपुरका योजना प्रमुख अंगलाल रोकायाले बताए ।

निर्माण सम्पन्न भएको पुललाई सडकसँग जोड्ने काममात्र बाँकी रहेको उनले बताए । ‘दुवैतर्फ सडक दुई मिटर डाउन गर्ने र कालोपत्रेको गर्ने हो,’ उनले भने । सबै काम सकेर असार दोस्रो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । १२ करोड लागतको पुल निर्माणको जिम्मा एलाइट एडभेञ्चर लोहनी जेभीले पाएको थियो ।

उनका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

उनका अनुसार दिनको समयमा सकेसम्म यात्रुलाई मर्का नपर्ने तवरले सवारी छाड्ने तयारी भएको उनले बताए । ‘केही भाग कटान गर्नुपर्नेछ । ढुंगा झरेर गाडीहरूलाई लाग्ला भनेर सचेत गराउन सूचना जारी गरेका हौं,’ उनले भने, ‘समय निश्चित गरिएपछि यात्रुहरू पनि सोहीअनुसार तयारी गरेर यात्रा गर्छन् ।’

निश्चित समयावधिका लागि उक्त खण्ड बन्द भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासँगै १० जिल्लामा आउजाउ गर्ने यात्रु समस्यामा पर्नेछन् । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

हाल सञ्चालनमा रहेको पुरानो पुल निकै जीर्ण बनेपछि नयाँ प्रविधिको ‘आर्क ब्रिज’ निर्माण भएको हो ।

नयाँ पुल सञ्चालनमा आएसँगै पुरानो पुल विस्थापित हुनेछ । पुलले चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्छ ।