१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो (भिडियोसहित)



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधवारदेखि हटाइएको हो ।

श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिनुभएको हो । श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले श्रमिकहरु श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताउनुभयो ।

अब श्रमिकहरु सहज रुपमा विमानस्थल प्रवेश गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आजदेखि वैदेशिक रोजगारमा जाँदाखेरी वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि छुट्टै लाइन या कुनै पनि झन्झटिलो प्रक्रिया जुन छ, त्यो आजदेखि नपर्नेगरी कुनैपनि गेटबाट जसरी अरु यात्रुहरु जानुहुन्छ, त्यसरी नै श्रमिकहरुलाई जाने व्यवस्थाको सुरुवात हामीले गरेका छौँ । श्रमिकहरु आउँदाखेरी पनि सम्मान हुनेगरी पर्यटन मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरेर छिट्टै श्रमिकहरुलाई सम्मान सहितको सेवाको हिसाबले अगाडी बढेका छौँ ।’

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ । विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वार बाट प्रवेश गर्न पाउने भएका छन् ।