१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

अमेरिकी विशेषदूतले जापान र दक्षिण कोरियासँग वार्ता गर्ने

अमेरिकी विशेषदूतले जापान र दक्षिण कोरियासँग वार्ता गर्ने
अ अ+ अ-

काठमाडौं । उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्ने भएका छन् । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उनी शुक्रबार सिंगापुर जान लागेका हुन् । उनले यही शुक्रबारदेखि आइतबारसम्म सो भेटघाट गर्ने समाचारमा जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार सो जानकारी गराएको हो । सो प्रयोजनका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगन सिंगापुर जाने जानकारी गराइएको छ । उनले सिंगापुरमा दुई दिनसम्म सो भेटवार्ता गर्ने पनि अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्टेफनले दक्षिण कोरियाका राजदूत लि डुहोनसँग भेट गर्नेछन् । त्यसैगरी जापानी विदेश मन्त्रालयको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका महानिर्देशक केन्जी कान्साउगीसँग भेटवार्ता गर्नेछन् । ती भेटहरुमा उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी विषयमा कुराकानी गर्ने बताइएको छ ।

उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धमा गएको केही समययतादेखि उत्तर कोरियाली अधिकारीहरुसँग विभिन्न पक्षले वार्ता गरिरहेका छन् । उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच दुई पटक सम्म शिखर वार्ता भएको छ ।

पहिलो पटक सिंगापुरमा र पछिल्लो पटक गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको हनोइमा वार्ता भएको थियो । ती वार्ताहरुमा निशस्त्रीकरणको प्रतिबद्धता व्यक्त गरेको भनिएको उत्तर कोरियाले त्यसका लागि पहल जारी नै राखेको बताएको छ ।

तर अमेरिकाले भने ती वार्ताहरुमा भनिएजस्तो उत्तर कोरियाले प्रतिबद्धता अनुरुप निशस्त्रीकरणको कार्य गर्न नसकेको बताएको छ । गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हनोईमा भेटवार्ता भएको थियो ।

बुधबार अमेरिकी विदेश मन्त्रालयमा भएको एक प्रेस भेटघाटका क्रममा उक्त मन्त्रालयका प्रवक्ता मोर्गन अर्टागस्ले अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्बन्धलाई राम्रो बनाइराख्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

उता उत्तर कोरियाले भने आफूले यसअघिका शिखर वार्ताहरुमा व्यक्त गरेका प्रतिबद्धताबमोजिम निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको तर पनि यस विषयमा अमेरिका गम्भीर नरहेको प्रतिक्रिया दिने गरेको छ ।