१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गा दुर्घटना : छानबिनको क्रमका मालिक पक्राउ



अ+ अ-

काठमाडौं । चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिकलाई बिहीबार पक्राउ गरिएको छ ।

सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएका प्रमाणित भएको छ ।

झेनफेग काउन्टीको बेइपान नदीमा २९ व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । मेङ एक कृषक भएको उनी कृषि प्रयोजनाको लागि डुङ्गा प्रयोग गर्ने गरेका थिए ।

सो डुङ्गा दुर्घटनामा परेका १६ व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका १६ व्यक्तिमा मेङ पनि रहेका समाचारमा जनाइएको छ ।