१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

जनताले दिएको बहुमतको कदर गर्न सकेन, सरकार पूर्णरुपमा असफल भयो : पौडेल

जनताले दिएको बहुमतको कदर गर्न सकेन, सरकार पूर्णरुपमा असफल भयो : पौडेल
अ अ+ अ-

बाजुरा । नेपाली कांग्रेसका वरिष्ठ नेता राम‍चन्द्र पौडेलले बहुमतको कदर नेपाल कम्नियुष्ट पार्टीले बहुमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । उनले नेपाली जनाताले केहि गर्न सक्छ कि भनेर दिएको मतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

नेपाल प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेनमा सरकारलाई नेपाली जनताले दिएको सुनौलो अवसर गुमाएको छ। नेता पौडेलले भने, सरकारको हालको स्थितिमा बहुमतको कदर नै गर्न सकेको छैन् ।

उनले नेकपालाई जनताले केही गर्न सक्छ भनेर नेपाली जनताले बहुमत बताउँदै केही गर्न नसक्दा जनता निरास भएको बताए । राजनीतिक व्यवस्थाको टुंगो लागेर देशमा स्थायीत्वको सरकार भएर पनि सरकारले त्यो वातावरणलाई सदुपयोग गर्न सकेको छैन।यो भन्दा पहिलेका सरकारले यस्तो अवसर पाएका थिएनन्, उनले भने, यो सरकारले काम गर्ने मेसो पाएको छैन।

बजेट लोकप्रीय भएपनि तर अहिलेको सरकारले कार्यान्वयनमा समस्या हुने उनले बताए।उनले तत्काल खुशी पार्नेखालको बजेट ल्याएको र समृद्धिको यात्रामा विनियोजित हुनुपर्नेमा त्यसो नभएको दावी गरे।

सरकार शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको छ। यी तीन काममा बजेटको दुरुपयोग भएको उनले बताए। उनले सरकारले ल्याएको प्रेस विधेयक गतल भएको बताएका छन्। सरकारका गलत गतिविधि प्रेसमार्फत बाहिर आउने भएकाले विधेयकमार्फत पत्रकारका मुख बन्द गर्न सरकारले विधेयक ल्याएको उनको आरोप छ।

नेता पौडेलले देशमा अहिले दुई प्रकारका हिंसाको खतरा रहेको विशलेषणसमेत गरे । ‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।

देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरे ।