५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले दिएको बहुमतको कदर गर्न सकेन, सरकार पूर्णरुपमा असफल भयो : पौडेल



अ+ अ-

बाजुरा । नेपाली कांग्रेसका वरिष्ठ नेता राम‍चन्द्र पौडेलले बहुमतको कदर नेपाल कम्नियुष्ट पार्टीले बहुमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । उनले नेपाली जनाताले केहि गर्न सक्छ कि भनेर दिएको मतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

नेपाल प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेनमा सरकारलाई नेपाली जनताले दिएको सुनौलो अवसर गुमाएको छ। नेता पौडेलले भने, सरकारको हालको स्थितिमा बहुमतको कदर नै गर्न सकेको छैन् ।

उनले नेकपालाई जनताले केही गर्न सक्छ भनेर नेपाली जनताले बहुमत बताउँदै केही गर्न नसक्दा जनता निरास भएको बताए । राजनीतिक व्यवस्थाको टुंगो लागेर देशमा स्थायीत्वको सरकार भएर पनि सरकारले त्यो वातावरणलाई सदुपयोग गर्न सकेको छैन।यो भन्दा पहिलेका सरकारले यस्तो अवसर पाएका थिएनन्, उनले भने, यो सरकारले काम गर्ने मेसो पाएको छैन।

बजेट लोकप्रीय भएपनि तर अहिलेको सरकारले कार्यान्वयनमा समस्या हुने उनले बताए।उनले तत्काल खुशी पार्नेखालको बजेट ल्याएको र समृद्धिको यात्रामा विनियोजित हुनुपर्नेमा त्यसो नभएको दावी गरे।

सरकार शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको छ। यी तीन काममा बजेटको दुरुपयोग भएको उनले बताए। उनले सरकारले ल्याएको प्रेस विधेयक गतल भएको बताएका छन्। सरकारका गलत गतिविधि प्रेसमार्फत बाहिर आउने भएकाले विधेयकमार्फत पत्रकारका मुख बन्द गर्न सरकारले विधेयक ल्याएको उनको आरोप छ।

नेता पौडेलले देशमा अहिले दुई प्रकारका हिंसाको खतरा रहेको विशलेषणसमेत गरे । ‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।

देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरे ।