५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् ।

प्रधानमन्त्री ओली नेपाल एयरलायन्सको दिउँसो १.३५को नियमित उडानबाट दिल्ली उडेका हुन् । उनि ३ बजेसम्म इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछन्।

ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भारत सरकारको निमन्त्रणामा दिल्ली आउन लागेका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बस्नेछन् । समारोहमा सहभागी हुनुअघि कुनै पनि राजनीतिक भेटघाट नहुने बुझिएको छ।

श्रोतका अनुसार भारतीय पक्षको स्पष्ट निर्देशन नै रहेको हुँदा पहिलो दिन कुनै राजनीतिक भेटघाट नहुने भएको हो।ओली आज साँझ सात हुन लागेको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। सोही समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग संक्षिप्त भेटघाट हुनेछ। त्यसपछि राति ९ बजेको रात्रीभोजमा सहभागी हुनेछन्।

शुक्रबार प्रधानमन्त्री ओली र उनका समकक्षी प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट हुनेछ।मोदीले विमस्टेकका सबै सदस्य राष्ट्रलगायत किर्गिस्तान र मोरिसस गरेर ९ मुलुकका प्रमुखलाई भेट गर्ने भएको हुँदा दुई प्रधानमन्त्रीबीच कुराकानीका छोटो हुने श्रोतले बताएको छ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।