१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध टस जितेर अफ्रिका फिल्डिङमा



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो ।


विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

। दक्षिण अफ्रिका भने फाइनलमा पुग्न सकेको छैन । इंग्ल्यान्डले हालै मात्र पाकिस्तानविरुद्धको वानडे सिरिज ४–० ले जितेको छ । दुई पटक त ३ सय भन्दा बढी रनको लक्ष्य आयोजक टोलीले भेटाएको छ । यसले पनि टोलीको ब्याटिङ सन्तुलित भएको पुष्टि गर्छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजितमा रहेको छ ।

१० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेन

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, जोफ्रा आर्चर ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी, डवान प्रेटोरियस, एन्डिल फेहलुकवाओ ।