१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ माल्दिभ्सको टिसी स्पोट्रस क्लबबाट नखेल्ने !



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्रस क्लबबीचको सम्झौता रद्द भएको छ ।

नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राख्दा किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका हुन् । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको थियो ।

यसअघि किरणले टिसी स्पोर्टस्सँग चार बर्षको नयाँ सम्झौता गरेका थिए । गत सिजन क्लबलाई धिवेही प्रिमियर लिगको उपाधि जिताउन अहम भूमिका खेलेका किरणले लिगको उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत जितेका थिए ।

माल्दिभ्समा आउँदो जुन महिनादेखि नयाँ सिजन शुरु हुँदैछ ।यता, विमल घर्तिमगरले यसै सिजनबाट माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबाट खेल्दैछन् । उनी भने केही दिनमा माल्दिभ्स प्रस्थान गर्ने छन् । उनी चोटका कारण राष्ट्रिय टिमबाहिर छन् ।

नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्दै छ भने जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।