६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ माल्दिभ्सको टिसी स्पोट्रस क्लबबाट नखेल्ने !



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्रस क्लबबीचको सम्झौता रद्द भएको छ ।

नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राख्दा किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका हुन् । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको थियो ।

यसअघि किरणले टिसी स्पोर्टस्सँग चार बर्षको नयाँ सम्झौता गरेका थिए । गत सिजन क्लबलाई धिवेही प्रिमियर लिगको उपाधि जिताउन अहम भूमिका खेलेका किरणले लिगको उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत जितेका थिए ।

माल्दिभ्समा आउँदो जुन महिनादेखि नयाँ सिजन शुरु हुँदैछ ।यता, विमल घर्तिमगरले यसै सिजनबाट माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबाट खेल्दैछन् । उनी भने केही दिनमा माल्दिभ्स प्रस्थान गर्ने छन् । उनी चोटका कारण राष्ट्रिय टिमबाहिर छन् ।

नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्दै छ भने जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।