६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा



अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं अध्यागमन अधिकृत रमाकान्त अर्यालले गैरकानूनी सम्पत्ति आर्जन गरेका भन्दै काठमाडौ विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराका अनुसार अर्यालले पदमा रहदाँ दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार गौरकानूनी रुपमा आर्जन गरिएको बताए ।

प्रवक्ता कोइरालाका अनुसार अर्याल सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०५९/५/२३ देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा विक्री लगायतबाट जम्मा रु. २¸४९¸९२¸७३ आय आर्जन गरेको देखाएको बताए ।

सोही अवधिमा निजले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा रु. ४¸५६¸८१¸८४१ खर्च तथा लगानी गरेको देखिएको बताए ।

प्रवक्ता कोइरालाका अनुसार रु. २,०६,८९,१११ बराबरको भागको स्रोत नखुलेको र सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको बताए ।

आर्यलले उक्त रकम राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएकोले रु. २,०६,८९,१११ रुपैयाँ विगो माग दावी र कैद सजायसहित अर्याल र निजकी श्रीमती सरिता नेपाल समेतलाई प्रतिवादी कायम गरी अदालतमा मुद्दा दायर गरिएको हो ।