१ श्रावण २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ ।

युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताउनुभयो । “घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ”, अध्यक्ष पौडेलले बताउनुभयो । 

युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पत्रकार सम्मेलनपछि युवासङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ । रासस