१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

शेयर बजार: ५ बिन्दुले उकालो

शेयर बजार: ५ बिन्दुले उकालो
अ अ+ अ-

काठमाडौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ । कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ ।

यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआइसी एसिया ग्रोथ फण्ड छ दशमलव ४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेशनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमाए ।