६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पहिलो विकेट ताहिर बुढाको नाममा



अ+ अ-

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट स्पिनर इमरान ताहिरको नाममा भएको छ ।

ताहिरले पहिलो ओभरको दोस्रो बलमा इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई विकेटकिपर क्वेन्टेन डे ककबाट आउट गराए। पहिलो ओभरमा उनले १ रन मात्र खर्चे।

उनी यस विश्वकपको सबैभन्दा बुढा खेलाडी समेत हुन्। उनी ४० वर्ष ६४ दिन हुँदा विश्वकप खेलिरहेका छन्।

विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको थियो ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो ।

विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

। दक्षिण अफ्रिका भने फाइनलमा पुग्न सकेको छैन । इंग्ल्यान्डले हालै मात्र पाकिस्तानविरुद्धको वानडे सिरिज ४–० ले जितेको छ । दुई पटक त ३ सय भन्दा बढी रनको लक्ष्य आयोजक टोलीले भेटाएको छ । यसले पनि टोलीको ब्याटिङ सन्तुलित भएको पुष्टि गर्छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजितमा रहेको छ ।

१० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेन

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, जोफ्रा आर्चर ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी, डवान प्रेटोरियस, एन्डिल फेहलुकवाओ ।