१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ : गौतम

नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ : गौतम
अ अ+ अ-

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् ।

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ ।

यसबारे शीर्ष नेताहरुको धारणा आउन बाँकी रहेका गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेपछि यो बहस थप चर्कने स‌ँकेत देखिएको छ ।

प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे ।

वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘ऋण लिनै पर्छ । विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’

स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । ‘सिष्टममा केही अफ्ठ्यारा छन्, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भने ।

मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झनै बढेको उनको दाबी छ ।

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसबारे बोल्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।