१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

१८ वर्षीय हल्यान्डले एकै खेलमा गरे त्रिपल ह्याट्रिक, तोडियो ब्राजिलका एडाइल्टनको कीर्तिमान

१८ वर्षीय हल्यान्डले एकै खेलमा गरे त्रिपल ह्याट्रिक, तोडियो  ब्राजिलका एडाइल्टनको कीर्तिमान
अ अ+ अ-

काठमाडौं । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्यान्ड एकै खेलमा नै गोल हानेको विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्यान्ड एक्लैले नौ गोल हानेर सनसनी मच्चाएका हुन् ।

बुधबार राति समूह चरणअन्तर्गत तेस्रो खेलमा नर्वेले होन्डुरसलाई १२–० को फराकिलो अन्तरले हरायो । जसमा हल्यान्ड एक्लैले ९ गोल हानेर ‘त्रिपल ह्याट्रिक’ पूरा गरे । होन्डुरसले एक गोल पनि फर्काएन ।

हल्यान्डले पहिलो हाफमा चार गोल गरे भने दोस्रो हाफमा पाँच गोल थपे । उनले एक गोल पेनाल्टीमार्फत गरे ।

खेल शुरू भएको सातौं मिनेटमा नै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । उनले २० औं दोस्रो गोल गर्दै आफ्नो टिमको अग्रता दोब्वर बनाए ।

उनले ३६औं मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यपछि खेलेको ४३औं मिनेटमा गोल गर्दै उनले पहिलो हाफमै व्यक्तिगत ४ गोल बनाए ।

दोस्रो हाफ शुरू भएको पाच मिनेटपछि नै उनले फेरी गोल बर्साउन थाले । उनले ५०औं मिनेटमा पाँचौं, ६७औं मिनेटमा छैटौं गोल गर्दै डबल ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ७७औं मिनेटमा साँतौं गोल, ८८औं मिनेटमा आठौं र ९०औं मिनेटमा नवौं गोल गर्दै एकै खेलमा त्रिपल ह्याट्रिक पूरा गरे ।

यस खेलमा एकै खेलमा एक खेलाडीले धेरै गोल गर्नेसँगै फराकिलो अन्तरको जितको कीर्तिमान समेत बनेको छ।

समूहमा अघिल्ला दुई खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो।

यसअघि सन् १९९७ को यू-२० विश्वकपमा ब्राजिलका एडाइल्टनले ६ गोल गर्दै एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए।

पोल्याण्डको लब्लिन स्टेडियममा खेलको ७७औँ मिनेटमा हलान्डले व्यक्तिगत सातौँ गोल गरेपछि ब्राजिलयन खेलाडीको कीर्तिमान तोडिएको हो।

समूहमा अघिल्ला दुई खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो। अब समूहमा तेस्रो हुनेमध्येबाट उत्कृष्ट भएर अघिल्लो चरणमा प्रवेश गर्न नर्वेले बाँकी खेलको नतिजा कुर्नुपर्नेछ।

२४ राष्ट्र सहभागी यस विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली सिधै प्रिक्वाटरफाइनल पुग्नेछन्। ६ वटै समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुग्नेछन्।