६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वर्षीय हल्यान्डले एकै खेलमा गरे त्रिपल ह्याट्रिक, तोडियो ब्राजिलका एडाइल्टनको कीर्तिमान



अ+ अ-

काठमाडौं । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्यान्ड एकै खेलमा नै गोल हानेको विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्यान्ड एक्लैले नौ गोल हानेर सनसनी मच्चाएका हुन् ।

बुधबार राति समूह चरणअन्तर्गत तेस्रो खेलमा नर्वेले होन्डुरसलाई १२–० को फराकिलो अन्तरले हरायो । जसमा हल्यान्ड एक्लैले ९ गोल हानेर ‘त्रिपल ह्याट्रिक’ पूरा गरे । होन्डुरसले एक गोल पनि फर्काएन ।

हल्यान्डले पहिलो हाफमा चार गोल गरे भने दोस्रो हाफमा पाँच गोल थपे । उनले एक गोल पेनाल्टीमार्फत गरे ।

खेल शुरू भएको सातौं मिनेटमा नै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । उनले २० औं दोस्रो गोल गर्दै आफ्नो टिमको अग्रता दोब्वर बनाए ।

उनले ३६औं मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यपछि खेलेको ४३औं मिनेटमा गोल गर्दै उनले पहिलो हाफमै व्यक्तिगत ४ गोल बनाए ।

दोस्रो हाफ शुरू भएको पाच मिनेटपछि नै उनले फेरी गोल बर्साउन थाले । उनले ५०औं मिनेटमा पाँचौं, ६७औं मिनेटमा छैटौं गोल गर्दै डबल ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ७७औं मिनेटमा साँतौं गोल, ८८औं मिनेटमा आठौं र ९०औं मिनेटमा नवौं गोल गर्दै एकै खेलमा त्रिपल ह्याट्रिक पूरा गरे ।

यस खेलमा एकै खेलमा एक खेलाडीले धेरै गोल गर्नेसँगै फराकिलो अन्तरको जितको कीर्तिमान समेत बनेको छ।

समूहमा अघिल्ला दुई खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो।

यसअघि सन् १९९७ को यू-२० विश्वकपमा ब्राजिलका एडाइल्टनले ६ गोल गर्दै एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए।

पोल्याण्डको लब्लिन स्टेडियममा खेलको ७७औँ मिनेटमा हलान्डले व्यक्तिगत सातौँ गोल गरेपछि ब्राजिलयन खेलाडीको कीर्तिमान तोडिएको हो।

समूहमा अघिल्ला दुई खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो। अब समूहमा तेस्रो हुनेमध्येबाट उत्कृष्ट भएर अघिल्लो चरणमा प्रवेश गर्न नर्वेले बाँकी खेलको नतिजा कुर्नुपर्नेछ।

२४ राष्ट्र सहभागी यस विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली सिधै प्रिक्वाटरफाइनल पुग्नेछन्। ६ वटै समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुग्नेछन्।