६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यदुवंशी उत्थान समाजको वार्षिकोत्सव सम्पन्न, ३ जना सञ्चारकर्मी सम्मानित



अ+ अ-

काठमाडौं । यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा वक्ताहरुले यदुवंशी उत्थान समाज कुनै एउटा जाति विशेषको मात्र नभई सम्पूर्ण जातजातिको धार्मिक संरक्षण गर्ने संस्था रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान बालबालिकाक तथा महिला विभाग प्रमुख, अभियान नेपालका संस्थापक अध्यक्ष र वरिष्ठ नागरिक समाजसेवी भुवन गिरीले समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यसैगरी, विशेष अतिथि सोतोकान कराते संघका संस्थापक अध्यक्ष हेम कुमार श्रेष्ठ, नेपाल यादव अखिल महिला संघकी संस्थापक अध्यक्ष शोभा कुमारी यादव र एनएफवाईसीसीका संस्थापक अध्यक्ष शितल प्रसाद यादवले समाजलाई शुभकामना दिएका छन् ।

कार्यक्रममा अतिथिहरु गोपाल सेवा समिति उपत्यका समितिका अध्यक्ष कमल कुमार यादव र अभियान नेपालकी सचिव शोभा गिरी, समाजका पदाधिकारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संस्थाको नाममा प्रदेश २ को सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं। ४ मा १८ धुर जग्गा नामसारी भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यसैगरी, धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं। ६ मा मंगलरबार नै १ कठ्ठा जग्गा नामसारी भएको संस्थाका अध्यक्ष जीतन यादवले जानकारी दिए । सो जग्गामा पुस्तकालय निर्माण गर्ने अध्यक्ष यादवले बताए ।

वार्षिकोत्वसको अवसरमा समाजमा योगदान पुर्याएका सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सञ्चारकर्मी गोपाल यादव, मिना घोरसैने र विजय यादवलगायतका व्यक्तित्वहरु थिए ।