नयाँदिल्ली । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको बताएका छन् ।
भारतकानवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए। उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत बताए।
सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए ।
नेकपाका अध्यक्ष दाहालले अन्तर्वार्ताको क्रममा एक वर्षअघि पार्टी एकीकरणका भएपछि आलोपालो सरकार चलाउने सहमति तोडेर दायाँबायाँ गरे सरकार नटिक्ने बताएका थिए।
अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।