१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समकक्षी मोदीसँग भेटवार्ता : नजिक रहेर काम गर्न चाहन्छु – ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

करिब २० मिनेट भएको भेटका क्रममा ओलीले मोदीलाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए । त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिकमा रहेर काम गर्न चाहेको बताएका थिए ।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका थिए ।

प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।