६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । उनले मोदीसँग शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए ।

करिब २० मिनेट भएको भेटका क्रममा ओलीले मोदीलाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा दुबै नेताले उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको थियो । त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिकमा रहेर काम गर्न चाहेको बताएका थिए ।

यस्तो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत हुने दुबैको विश्वास छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका थिए ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।