११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । उनले मोदीसँग शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए ।

करिब २० मिनेट भएको भेटका क्रममा ओलीले मोदीलाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा दुबै नेताले उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको थियो । त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिकमा रहेर काम गर्न चाहेको बताएका थिए ।

यस्तो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत हुने दुबैको विश्वास छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका थिए ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।