२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोज्यो



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको छ ।

ट्रेन्ट ब्रिजमा सुरु भएको खेलामा पाकिस्तानले टस हारेपछि ब्याटिङको निम्तो पाएको हो । दुबै टिम जित हात पार्दै विश्वकपमा शखुद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

हिजो भएको खेलमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गर्यो । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सकेको थियो ।


विश्वकपमा १० राष्ट्र रहेका छन् । आयोजक राष्ट्र इंग्ल्यान्डसहित अष्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, बंगलादेश, श्रीलंका, अफगानिस्तान र भारत रहेका छन् ।

पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।