१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नाकाबन्दीका योजनाकार नै विदेशमन्त्री, नेपाल र पाकिस्तान “एक तीर दुई निशाना” बन्ने खतरा

नाकाबन्दीका योजनाकार नै विदेशमन्त्री, नेपाल र पाकिस्तान “एक तीर  दुई निशाना” बन्ने खतरा
अ अ+ अ-

काठमाडौं । ०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउँदा विदेशसचिव रहेका एस जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा विदेश मन्त्री बनाएका छन् । ५८ सदस्यीय मन्त्रिमण्डलमा जयशंकर मात्रै गैर–राजनीतिक पृष्ठभूमिका मन्त्री हुन् । उनले लोकसभा निर्वाचन लडेका थिएनन् ।

विनाशकारी भूकम्पले थिल्थिलो भएका बेला भूपरिवेष्ठिट छिमेकीमाथि लगाइएको नाकाबन्दी गलत थियो भनेर भारतमै विरोध भयो । जयशंकरकै कठोर नीतिका कारण नेपाल चीनसँग नजिक भएको एकथरी भारतीयको विश्लेषण छ ।

सात वर्षको विभिन्न राजनीतिक उतारचढावपछि संविधान संविधानसभाले स्वीकृत गरेको ४८ घन्टापछि तत्कालिन भारतीय विदेश सचिव डा. सुब्रमन्यम जयशंकर अचानक नेपाल उत्रिए। अन्तिम समयमा संविधानमा भारतको असहमति प्रकट गर्न आएका उनी रित्तो हात फर्किन वाध्य भए। त्यतिखेर उनको केही पनि जोडबल लाग्न सकेन नेपालको राजनीतिमा। चाहेर वा नचाहेर तत्कालिन राजनीतिक नेतृत्वले जयशंकरलाई ‘फ्लप’ बनाइदियो।

त्यसको परिणाम नेपाली जनताले नराम्ररी भोग्नुपर्‍यो नेपालका केही राजनीतिक दललाई अघि सारेर लगाइएको नाकाबन्दीबाट।

जयशंकर रित्तै दिल्ली फर्किए, नेपालमा संविधान जारी भयो। जयशंकरको भ्रमण छिमेकको अनावश्यक हस्तक्षेपका रुपमा टिप्पणी हुनु स्वभाविक थियो। भारतविरोधी जनमत बढेको विषयलाई असाध्यै चलाखीपूर्वक हेर्ने भारतीय संस्थापन पक्ष नेपाली मुलधारे मिडियाले भारतको व्यवहारप्रति गरेको टिप्पणीप्रति सचेत थियो। नेपालमात्र होइन, भारतकै मिडिया पनि यस विषयमा कडारुपमा प्रस्तुत भए। नेपालको संविधानमा ७ बुँदा संशोधन गर्न जयशंकर गएको खुलासा गर्दै ‘दी इन्डियन एक्सप्रेस’ले समाचार दियो। बुँदासहित दिएको समाचारले जयशंकरमाथि थप संकट आइलाग्यो।

त्यसपछि जयशंकर नेपाली राजनीतिको इतिहासमा एउटा खलपात्रका रुपमा स्थापित भए। मोदीले आफ्नो चुनावी सफलतालाई राजनीतिज्ञहरु भन्दा पनि ‘प्रोफेसनल’ मानिसहरुबाट सञ्चालन गर्न खोजेको देखिन्छ । यसअघि पनि विदेश मन्त्रालयमा भारतीय सेनाका पूर्वजनरल विजयकुमार (भिके) सिंहलाई राज्य मन्त्री बनाइएको थियो ।

गत वर्ष विदेश सचिवबाट अवकाश पाएपछि पनि मोदीको विदेश भ्रमणमा नछु्ट्ने जयशंकरको आगमनले खासगरी छिमेक नीति प्रभावित हुने विश्लेषकहरू बताउँछन् ।

‘छिमेकी पहिला’ भन्ने विदेश नीति लिएको मोदी सरकारको छिमेकप्रतिको वास्तविक दृष्टिकोण कस्तो छ भन्ने सपथ ग्रहणका बेला देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ देशका सरकाररराष्ट्र प्रमुख सहभागी समारोहमा भारतले निकट छिमेकी पाकिस्तानलाई भने बोलाएन ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए ।

दोस्रो इनिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ‘इगनोर’

जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।


भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

यद्यपी, चुनावमा उनको जितपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जुन भाषा प्रयोग गरेर उनलाई बधाई दिए त्यसबाट यो आशा गरिएको थियो कि पछिल्लो पटकजस्तै यसपटक पनि मोदीको राज्याभिषेकको मौकामा पाकिस्तानलाई बोलाउने सम्भावना थियो ।

यतिमात्र होइन इमरान खानले चुनावअघि यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जीत भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बने शान्ती वार्ताको सम्भावना अत्यधिक हुने बताएका थिए ।

विदेशी पत्रकारसँगको कुराकानीमा इमरानले भनेका थिए, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र यदि उसले जितेको खण्डमा कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ ।’तर उनलाई भारतले कुनै चासो दिएन ।

यसपटक भारतले पाकिस्तानस् प्रधानमन्त्री खानलाई नबोलाएकोमा नवाज शरिफकी छोरी मरियम शरिफले यसलाई पाकिस्तानको बेइज्जती बताउँदै यसका लागि प्रधानमन्त्री खानको जिम्मेवार बताएकी छिन् ।

मरियम शरिफले भनिन्, ‘यो मुलुक (पाकिस्तान) मा यतिबेला निकम्मा सरकार छ । उनीहरुलाई यसकारण बोलाइँदैन किनभने उनीहरुलाई नेताले पैसा माग्ने हुन् कि भन्ने डर छ ।’

भारत–पाकिस्तानबीच हालै भएको एयर स्ट्राइकबारे जानकारी दिँदै मरियम भन्छिन्, ‘मोदीले इमरान खानको फोनको जवाफ पनि दिएका थिएनन् ।’

मरियमले भनेकी छिन्, ‘यी तिनै मोदी हुन् जो नवाज शरिफको समयमा भारत आएका थिए । अब मोदी इमरान खानको फोनसमेत उठाउँदैनन् ।’

‘तपाईं (इमरान खान) ठगेर सत्तामा आउनुभएको हो । तपाईं कठपुतली हो, अरुको इशारामा नाच्नुहुन्छ यसैकारण अरु देशले तपाईंलाई इज्जत गर्दैनन् ।’

एकातिर नेपालका प्रधानमन्त्री ओली नाकाबन्दी पछि भारतको नजिक हुँदै आइरहेका छन् भने अर्के तिर पाकिस्तानी प्रधानमन्त्री खान भारतको नजिक हुने कोशिस गरिरहेका छन् । यस्तो अवस्थामा नेपाल र पाकिस्तानबीच भारतको नजिक को हुने भागदौड हुँदा नेपाल र पाकिस्तान भारतको एक तिर दुई निशाना बन्ने खतरा देखिन्छ ।