१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

अब हाम्रो पालो हो, कम्युनिष्ट र कांग्रेसको विश्राम लिनुपर्ने दिन आयो : डा.भट्टराई

अब हाम्रो पालो हो, कम्युनिष्ट र कांग्रेसको विश्राम लिनुपर्ने दिन आयो :  डा.भट्टराई
अ अ+ अ-

भैरहवा । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले अब कम्युनिष्ट र कांग्रेसले राजनीतिबाट विश्राम लिनुपर्ने बताएका छन्। उनले चलेका भनिएका ब्राण्डका पार्टीले मुलुकका लागि केही गर्न नसेको भन्दै विश्राम लिनुपर्ने अवस्था आएको बताएका हुन् ।

शुक्रबार भैरहवामा आयोजित प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीले गरेको पत्रकार भेटघाटमा बोल्दै ‘अब कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीले मुलुकका लागि केही गर्न सकदैननु’, बाबुरामले भने, ‘अब यी पार्टीले विश्राम लिनुपर्छ।’

उनले लामो समयसम्म्म कम्युनिष्ट र कांग्रेसले सरकार आलोपलो गरेर चलाएपनि जनतालाई केही दिन नसकेको गुनासो गरे । ‘मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार पनि केहि दिन सकेन्’, उनले भने, ‘यसैकारणले हाम्रो पार्टी संघीयता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा आएको हो।’

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै बाबुरामले दुई तिहाई सरकारले ल्याएको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने दाबी गरे।

उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए।

उनले भने, ‘अर्धनिन्द्रामा भएको मान्छेले हाइ काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।’

उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।

पूँजीको राम्रो परिचालन नगरिकन विकासमा फड्को मार्न नसकिने भन्दै उनले आन्तरिक पूँजी परिचालनलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने तर्क गरे।

एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकाले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको उनको भनाइ छ। बुढीगण्डकी, बाइडबडी, ललितानिवास जग्गा जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको उनको भनाइ छ। जनताले न्यायको अनभूति गर्न नसकेको आरोपसमेत उनको छ।

निर्मला पन्त प्रकरणलगायत उदाहरण दिँदै उनले सरकारले मुलुकमा शान्ति सुरक्षासमेत कायम गर्न नसकेको आरोप लगाए।गृहमन्त्रालयले घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुई प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको डा भट्टराईको आरोप छ ।

प्रशासनिक पुर्नसंरचना नहुदाँसम्म जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको बताउँदै उनले संघीयता कमजोर बनाउन सरकारले संविधान विपरीत प्रदेश र स्थानीय सरकारको अधिकारसमेत खोसेर केन्द्रिकरण गरेको आरोप लगाए।

उनले संविधान संसोधनका लागि पार्टी सरकार रहेको बताउँदै संविधान संसोधन नभए सरकारबाट बाहिरिएर सडक र सदनबाट संर्घष गर्ने बताए। भारतमा नयाँ सरकार गठन भएकाले चासो हुनु स्वाभाविक विषय भएको उल्लेख गर्दै अगामी दिनमा नेपाल भारतको सम्बन्ध सुमधुर हुने बताए।