१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगबाट आह्वान गरिएको विज्ञापन स्वीकार्य हुँदैन : राउत



अ+ अ-

महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताए । उनले प्रदेश नम्बर २ ले पाएको अधिकार केन्द्र सरकारले एकपछि अर्को गरि खोस्ने प्रपन्च गरिरहेको बताए ।

संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी ब्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट ब्यवस्था भए पनि केन्द्रबाटै विज्ञापन गरिएको भन्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउने प्रयास गरेको आरोप लगाए । उनले स्थानीय तहका प्रतिनिधिहरुलाई केन्द्र सरकारको विरुद्धमा एकजुट हुन आग्रह गरे ।




भर्खरै