१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पोखरामा



अ+ अ-

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ । उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्नुहुनेछ । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नुहुनेछ । कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । प्रधानमन्त्री ओली तीन वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।