१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

देहरादुनबाट शान्ति पुनस्र्थापनाद्वारा तीन बालकको उद्धार

देहरादुनबाट शान्ति पुनस्र्थापनाद्वारा तीन बालकको उद्धार
अ अ+ अ-

काठमाडौं । शान्ति पुनस्र्थापना गृहले तीन जना बालकको उद्धार गरेको छ । झापा, धादिङ र बर्दियाका तिन बालकको उद्दार गरेको हो ।

झापाका रमेश (नाम परिवर्तन) अहिले १४ बर्सका भएका छन । उनी एक बर्ष पहिले बिराटनगरमा आएको भारतीय ट्रकको ड्राइभरसंग भेट भएछ र उसले म संग हिंड म ट्रकमा जागिर दिन्छु भनी फकाएर नेपाल बोर्डरमा कसैले थाहा पाउँछ भनेर ट्रक हुटमा त्रिपालले छोपेर बोर्डर कटाएर पन्जाब पु¥याएका थिए पछि उनलाई ड्राइभरले निकै यातना दिएका थिए ।

उनी त्यहाँबाट भागेर ट्रेन चढेर नेपाल आउन खोज्दा भुलेर हरिद्वार पुगेछन । ट्रेनमा बच्चालाई देखेर रेल्वे पुलिसले फेला पारी हरिद्वारको राजकीय बाल गृहमा पठाइदिएको थियो । धादिङका शिव ( नाम परिवर्तन) १२ बर्षका भए । एक बर्ष पहिला राम्रो काम पाइन्छ भनेर आफ्नै गाउँको साइला भन्ने ब्यक्तिले फकाएर उनैले भारतको एक ठाउँमा लगेर एक होटेलमा काम लगाइदिए । उनि त्यहाँ ४÷५ दिन काम गरेका थिए तेति बेला एकजना भारतका एक युवकले हरिद्वार ल्याएर छोडेर भागे त्यस पछि शिव लाई प्रहरीले फेला पारी हरिद्वार स्थित राजकीय बाल गृहमा दिएको थियो ।

बर्दियाका प्रमोद (नाम परिवर्तन) १४ बर्षका भए । उनका बाबा उनी सानो छदैमा बित्नु भयो र आमाले दोस्रो बिवाह गरेर जानू भयो । एक बर्ष अगाडि आफ्नै काकाले म भारतमा लगि राम्रो काम लगाई दिन्छु भनी भारतको दिल्लिमा लगेर एक होटलमा काम लगाइदिएका थिए अहिले सम्म काम नगरेका प्रमोद लाई काम गर्न गा¥हो भएपछि नेपाल आउन भनी भागेर ट्रेन स्टेसनमा पुगेछन र भुलेर हरिद्वार पुगेछन । ट्रेनमा बच्चालाई देखेर रेल्वे पुलिसले फेला पारी दरिद्वारको राजकीय बाल गृहमा पठाइदिएको थियो ।

यी सबै बालक त्यहाँ छन् भनी देह्ररादुन स्थित हेल्प क्रस संस्थाका बिशाल थापाले शान्ति पुनस्र्थापना गृहलाई खबर गरेपछि शान्ति पुनस्र्थापना गृह केन्द्रीय कार्यलयबाट सुमन सापकोटा, दिनेश्वर गौर, भुमि राज भट्टराई र दिपक के.सि.को टिम देहरादुन पुगि हेल्प क्रसको सहयोगमा उद्धार गरि नेपाल ल्याइ बर्दियाका प्रमोदलाई जनप्रतिनिधि र बिभिन्न सरोकारहरुको रोहबरमा आफन्तको जिम्म दिइएको र अन्य दुइ जनालाइ पनि परिवारको जिम्मा लगाउने जिल्ला संयोजक भुमी राज भट्टराईले जानकारी दिनु भयो ।