६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देहरादुनबाट शान्ति पुनस्र्थापनाद्वारा तीन बालकको उद्धार



अ+ अ-

काठमाडौं । शान्ति पुनस्र्थापना गृहले तीन जना बालकको उद्धार गरेको छ । झापा, धादिङ र बर्दियाका तिन बालकको उद्दार गरेको हो ।

झापाका रमेश (नाम परिवर्तन) अहिले १४ बर्सका भएका छन । उनी एक बर्ष पहिले बिराटनगरमा आएको भारतीय ट्रकको ड्राइभरसंग भेट भएछ र उसले म संग हिंड म ट्रकमा जागिर दिन्छु भनी फकाएर नेपाल बोर्डरमा कसैले थाहा पाउँछ भनेर ट्रक हुटमा त्रिपालले छोपेर बोर्डर कटाएर पन्जाब पु¥याएका थिए पछि उनलाई ड्राइभरले निकै यातना दिएका थिए ।

उनी त्यहाँबाट भागेर ट्रेन चढेर नेपाल आउन खोज्दा भुलेर हरिद्वार पुगेछन । ट्रेनमा बच्चालाई देखेर रेल्वे पुलिसले फेला पारी हरिद्वारको राजकीय बाल गृहमा पठाइदिएको थियो । धादिङका शिव ( नाम परिवर्तन) १२ बर्षका भए । एक बर्ष पहिला राम्रो काम पाइन्छ भनेर आफ्नै गाउँको साइला भन्ने ब्यक्तिले फकाएर उनैले भारतको एक ठाउँमा लगेर एक होटेलमा काम लगाइदिए । उनि त्यहाँ ४÷५ दिन काम गरेका थिए तेति बेला एकजना भारतका एक युवकले हरिद्वार ल्याएर छोडेर भागे त्यस पछि शिव लाई प्रहरीले फेला पारी हरिद्वार स्थित राजकीय बाल गृहमा दिएको थियो ।

बर्दियाका प्रमोद (नाम परिवर्तन) १४ बर्षका भए । उनका बाबा उनी सानो छदैमा बित्नु भयो र आमाले दोस्रो बिवाह गरेर जानू भयो । एक बर्ष अगाडि आफ्नै काकाले म भारतमा लगि राम्रो काम लगाई दिन्छु भनी भारतको दिल्लिमा लगेर एक होटलमा काम लगाइदिएका थिए अहिले सम्म काम नगरेका प्रमोद लाई काम गर्न गा¥हो भएपछि नेपाल आउन भनी भागेर ट्रेन स्टेसनमा पुगेछन र भुलेर हरिद्वार पुगेछन । ट्रेनमा बच्चालाई देखेर रेल्वे पुलिसले फेला पारी दरिद्वारको राजकीय बाल गृहमा पठाइदिएको थियो ।

यी सबै बालक त्यहाँ छन् भनी देह्ररादुन स्थित हेल्प क्रस संस्थाका बिशाल थापाले शान्ति पुनस्र्थापना गृहलाई खबर गरेपछि शान्ति पुनस्र्थापना गृह केन्द्रीय कार्यलयबाट सुमन सापकोटा, दिनेश्वर गौर, भुमि राज भट्टराई र दिपक के.सि.को टिम देहरादुन पुगि हेल्प क्रसको सहयोगमा उद्धार गरि नेपाल ल्याइ बर्दियाका प्रमोदलाई जनप्रतिनिधि र बिभिन्न सरोकारहरुको रोहबरमा आफन्तको जिम्म दिइएको र अन्य दुइ जनालाइ पनि परिवारको जिम्मा लगाउने जिल्ला संयोजक भुमी राज भट्टराईले जानकारी दिनु भयो ।