१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

डिजिटल प्रविधिमा तरकारी मूल्यसूची

डिजिटल प्रविधिमा तरकारी मूल्यसूची
अ अ+ अ-

काठमाडौं । कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार जानुभयो । उहाँको नजर ताजाताजा तरकारीतिर होइन, हाटबजारमा राखिएको डिजिटल मूल्यसूचीमा गयो । उहाँले पाँच मिनेट तरकारीको मूल्यसूची हेर्नुभयो, अनि लाग्नुभयो ताजा तरकारी छान्न ।

टीकापुरमा हरेक साताको बुधबार र शनिबार तरकारी हाटबजार लाग्छ । हाटबजारमा आउने उपभोक्ता तथा ग्राहकलाई किनमेलमा सहजता होस् भनी सबैले देख्न सक्ने गरी डिजिटल प्रविधिमा तरकारी मूल्यसूची राखिएको छ । पुनमले भन्नुभयोे, “अब सजिलो हुनेभयो, तरकारी बिक्रेताले मनोमानी मूल्य लिन पाउने भएनन् ।”

डिजिटल ‘डिस्प्ले’ मूल्यसूचीमा व्यापारीबीचको छलफलपछि तरकारी खरीदबिक्री मूल्य निर्धारण गरी सेट गरिन्छ । “जसले व्यापारीबीचको मूल्यमा पनि एकरुपता आओस् भन्ने उद्देश्य हाटबजार सञ्चालकको छ”, कृषक पूर्ण चौधरीले भन्नुभयो, “हाट बजारमा तोकिएको मूल्यकै आधारमा व्यापारीले विभिन्न खाद्यान्न बाली, तरकारी, कृषि उपजमा कारोवार गर्ने गर्दछन्, यसले सजिलो पनि भएको छ ।”

हाट बजारमा डिजिटल प्रविधिमा मूल्यसूची राख्दा उपभोक्ता ठगिनबाट जोगिने बताउँछन् । “डिजिटल प्रविधिमा हाटबजारमा खरीद बिक्री हुने विभिन्न वस्तुको मूल्य सहजै थाहा पाउन सकिन्छ, ठगिने डर रहेन”, उपभोक्ता पूजा न्यौपानेले भन्नुभयो, “विगतमा व्यापारीले मनोमानी मूल्य लिन्थे, मूल्यमा एकरुपता हुँदा व्यापारीसँग धेरै सोधपुछ गर्न पनि पर्दैन ।”

डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा उपभोक्ता मात्र नभइ बिक्रेता व्यापारीलाई पनि सहज हुने हाटबजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु डगौरा थारुको भनाइ छ । “डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा हाटबजारमा आउने कृषि उपजको मूल्यको डाटा सङ्कलन हुन्छ, यसले गर्दा मूल्य समायोजनामा सहयोग पुग्छ”, उहाले भन्नुभयो, “कम्प्युटर प्रणालीमार्फत मूल्यसूची राखिने भएकाले क्रेता विक्रेतालाई मात्र नभइ बजारमा हुने तरकारीको मूल्यमा आउने उतारबारे विश्लेषण समेत गर्न सहनहुन्छ ।”

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा पाँच स्थानमा डिजिटल प्रविधिको मूल्यसूची डिस्प्ले मेसिन वितरण गरेको हो । मन्त्रालयका माटो तथा अर्थविज्ञ घनश्याम चौधरीले कृषक, उपभोक्ताको मागका आधारमा कैलालीको धनगढी उपमहानगरपालिकाको त्रिनगर हाटबजार, गौरीगङ्गा नगरपालिकाको चौमाला हाटबजार र टीकापुर नगरपालिकाको हाटबजारलगायतका ठाउँमा डिजिटल प्रविधिको मूल्यसूची जडान गरिएको जानकारी दिनुभयो ।