१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

सुरक्षित आवास नहुँदा समस्यामा

सुरक्षित आवास नहुँदा समस्यामा
अ अ+ अ-

काठमाडौं । गरीब र विपन्न परिवार प्रायः जोखिमपूर्ण ठाउँमा बसोवास गर्ने भएकाले प्राकृतिक प्रकोपबाट तिनै परिवार बढी मारमा पर्दै आएका छन् । जनसङ्ख्या वृद्धि, अव्यवस्थित शहरीकरण र जोखिम असंवेदनशील विकास कार्यले विपद् सङ्कटासन्नतामा वृद्धि हुँदा पुर्नलाभ एवं पुनःस्थापनामा समेत उनीहरुले पर्याप्त पहुँच पाउँदैनन् ।

विपद् जोखिमका दृष्टिले २०औँ मा पर्ने नेपालमा पहिरो, भूकम्प, बाढी, सुख्खा, असिना, आँधी, भू–स्वखलन, अतिवृष्टि, अनावृष्टि, हिमपहिरो, हिमताल विस्फोट, आगलागी, तातोहावा, शीतलहर, ग्यास चुहावट, सर्पदंश, महामारी, चराचुरुङ्गीमा हुने फ्लु, चट्याङ, जनावर आतङ्क, दुर्घटना आदि विपद् जोखिमका क्षेत्र मानिन्छ । विपत्ति र मानवीय एवं भौतिक क्षतिले आर्थिक सामाजिक विकासको प्रक्रियामा अवरोध सिर्जना गर्दै आएको छ ।

पछिल्लो समयमा बारा र पर्सामा आएको टोर्नाडो आँधीबेहोरीले २९ जनाको ज्यान लिएको थियो । पछिल्लो एक सातामा मुलुकभर आगलागीका ६१, हावाहुरीका १०, चट्याङ्का सात, जनावर आतङ्कका चार र पहिरोका तीन घटना भएका छन् । गृह मन्त्रालयको ‘डिआरआर पोर्टल’मा जनाइएअनुसार सन् २०१८ देखि सन् २०१९ को यही मे महीनासम्म आगलागीमा ९४, पहिरोमा ८४, चट्याङमा ६६, हावाहुरीमा ३७ र जनावर आतङ्कबाट ३१ जनाको मृत्यु भएको छ ।

त्यस अवधिमा आगलागीबाट चार हजार १७२, हावाहुरीबाट चार हजार १४५, बाढीबाट एक हजार ७३, पहिरोबाट ७३२ र चट्याङबाट ४३६ परिवार प्रभावित भएका छन् । सो अवधिमा कैयौँ घाइते र बेपत्ता भएका छन् । मन्त्रालयका अनुसार विसं। २०७५ मा ४५५ र विसं २०७४ मा ५९७ जनाको प्राकृतिक विपत्तिबाट मृत्यु भएको छ ।