६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि पीडितलाई आर्थिक सहयोग



अ+ अ-

वालिङ । घर जलेर गोठमा बस्दै आउनुभएका यहाँका अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

रोजगारीको सिलसिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा सङकलन भएको रु तीन लाख १२ हजार वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले अग्नि पीडितलाई हस्तान्तरण गर्नुभएको हो । युकेमा २२ जनाबाट दुई लाख र हङकङमा एक लाख १२ हजार संकलन भएको रकम युकेमा बस्दै आउनुभएका फत्तबहादुर गुरुङमार्फत उपलब्ध गराइएको थियो ।

विदेशमा रोजगारीमा रहेर पनि आफ्ना गाउँ ठाउँमा समस्या परेका बेला सहयोग गर्ने सहयोगीहरुलाई नगरप्रमुख खाँणले धन्यवाद व्यक्त गर्दै घरबास गुमाएको परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।