६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविजेता अष्ट्रेलियाको विजयी सुरुवात, अफगानिस्तान ७ विकेटले पराजित



अ+ अ-

काठमाडौं । विश्वविजेता टिम अष्ट्रेलियाले विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा शनिबार राति भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो ।

२०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए ।

वार्नरले अविजित ८९ रन बनाए । त्यस्तै, कप्तान फिन्चले ४९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६६ रन बनाए ।

अष्ट्रेलियाका लागि स्टेभन स्मिथले १८ रन बनाउँदा उस्मान ख्वाजाले १५ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१, रहमत साहले ४३, कप्तान गुल्बदिन नाइबले ३१ र राशिद खानले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पा र पट कुमिन्सले समान ३–३ विकेट लिए । दुई विकेट भने मार्कुस स्टोनिसको नाममा रहृयो ।