२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदरबार हत्याकाण्ड अझै ‘रहस्यमय’, यस्तो थियो हत्याकाण्डको त्यो समाचार



अ+ अ-

काठमाडौं । श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ ।

मौसूफको स्थिति शनिबार बिहान ३ बजेसम्म आधिकारिकरुपमा स्पष्ट हुन सकेको छैन । मौसुफलाई उक्त गोली लागेको लगत्तै छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएको थियो ।

श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहलाई पनि सो क्रममा गोली लागेको छ । त्यसै गरी, श्री ५ युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहदेवलाई पनि गोली लागेको छ ।

सो क्रममा श्री ५ नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शान्ति सिंह, कुमार गोरखशमशेर जबरालगायत राजपरिबारका अन्य सदस्यहरुलाई पनि गोली लागेको छ । गोली लागेका सबैलाई छाउनीस्थित सैनिक अस्पतालमा पु(याइएको छ ।

गोली लागेका मध्ये १५ जनाको मृत्यु भएको समाचारसूत्रहरुले उल्लेख गरे पनि समाचारको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

पारिवारिक भोजमा श्री ५ युवराजधिराजको विवाहको प्रसंग चलेपछि अकस्मात् पौने १० बजेतिर उक्त गोलीकाण्ड भएको समाचरसूत्रहरुको दाबी छ । शुक्रबार राति नै उक्त घटनाको लगत्तै पोखरामा रहिबक्सेका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।

उक्त घटनाको लगत्तै शुक्रबार राति नै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । त्यस्तै राजपरिषद् स्थायी समितिको आकस्मिक बैठक पनि बसेको छ । स्थिति स्पष्ट भइनसकेका कारण अति संवेदनशील अवस्थामा थप विवरणहरु किटानीका साथ खुलाउन नमिल्ने उच्च सूत्रहरुले बताएको नेपाल समाचार पत्र दैनिकले खबर प्रकाशित छ ।