१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदरबार हत्याकाण्ड अझै ‘रहस्यमय’, यस्तो थियो हत्याकाण्डको त्यो समाचार



अ+ अ-

काठमाडौं । श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ ।

मौसूफको स्थिति शनिबार बिहान ३ बजेसम्म आधिकारिकरुपमा स्पष्ट हुन सकेको छैन । मौसुफलाई उक्त गोली लागेको लगत्तै छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएको थियो ।

श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहलाई पनि सो क्रममा गोली लागेको छ । त्यसै गरी, श्री ५ युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहदेवलाई पनि गोली लागेको छ ।

सो क्रममा श्री ५ नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शान्ति सिंह, कुमार गोरखशमशेर जबरालगायत राजपरिबारका अन्य सदस्यहरुलाई पनि गोली लागेको छ । गोली लागेका सबैलाई छाउनीस्थित सैनिक अस्पतालमा पु(याइएको छ ।

गोली लागेका मध्ये १५ जनाको मृत्यु भएको समाचारसूत्रहरुले उल्लेख गरे पनि समाचारको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

पारिवारिक भोजमा श्री ५ युवराजधिराजको विवाहको प्रसंग चलेपछि अकस्मात् पौने १० बजेतिर उक्त गोलीकाण्ड भएको समाचरसूत्रहरुको दाबी छ । शुक्रबार राति नै उक्त घटनाको लगत्तै पोखरामा रहिबक्सेका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।

उक्त घटनाको लगत्तै शुक्रबार राति नै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । त्यस्तै राजपरिषद् स्थायी समितिको आकस्मिक बैठक पनि बसेको छ । स्थिति स्पष्ट भइनसकेका कारण अति संवेदनशील अवस्थामा थप विवरणहरु किटानीका साथ खुलाउन नमिल्ने उच्च सूत्रहरुले बताएको नेपाल समाचार पत्र दैनिकले खबर प्रकाशित छ ।