१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी भर्नाको विज्ञापन नसच्चाए लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी



अ+ अ-

जनकपुरधाम । लोकसेवा आयोगले जेठ १५ गते निकालेको कर्मचारी भर्नाको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले असन्तुष्टि जनाएको छ । एशोसिएसनले विज्ञापन नसच्याए आयोगको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएको छ।

मधेस ईन्जिनियर्स एसोसिएसन कार्यालयले एक विज्ञप्ति निकाल्दै ‘स्थानीय तहको लागि लोक सेवा आयोगले भर्खरै निकालिएको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गर्दछ ।’

मधेसी, आदिवासी जनजाति को लामो सङ्घर्षको बेला सयौँको बलिदानी, हजारौँ(हजारका घाइतेको त्यागको प्रतिफलका रूपमा स्थापित समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई बेवास्ता गरिएको एशोसिएसनको भनाइ छ ।

लोक सेवा आयोगले निकालेको विज्ञप्तिलाई साच्यान यस अघि राजपा नेपाल, नेकपा नेता प्रभु साह र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले विरोध जनाइसकेका छन् ।




भर्खरै