६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि दार्चुला अन्धकार, मोवाइल चार्ज गर्न भारत जानुपर्ने



अ+ अ-

दार्चुला । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ ।

चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।

गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेको हो ।

प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइएको भए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाको वडा नं ६ ग्वानीमा विद्युत्को फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ, उहाँले भन्नुभयो । बजारमा बत्ती नहुँदा स्थानीयवासी भने भारतीय बजारमा गएर मोबाइल चार्ज गर्न जान थालेका छन् । धारचुलाका चिनेका आफन्त र व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको खलङ्गाका स्थानीयवासी मङ्गलसिंह ह्याकीले बताउनुभयो ।

शनिबार पानी परेर गर्मीको अनुभव भएन । आज पनि बत्ती आएन भने त यस्तो गर्मीमा कसरी बस्ने । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् ।

जिल्लाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युत्बाट चल्ने बजारका पसलको कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भन्नुभयो, “ विद्युत् आपूर्ति बन्द हुँदा पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन । मेसिन चलाउने बत्ती नहुँदा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको काम समेत प्रभावित भएको छ ।”