२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षकै सांसद संसद भवनमै असुरक्षित, ज्यान जोगाईदिन माग



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसद भवनमै आफु असुरक्षित भएको बताएका छन् । आईतबार खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको सुृरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए ।

सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भने ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’

सांसद अधिकारीले यो विषय गम्भीर आपत्तिको विषय भन्दै भने ‘ज्यान जोगाई पाउँ भन्न पर्ने अवस्था आयो ।’ सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताए ।