१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

माफी मागे धुर्मुस सुन्तलीले

माफी मागे धुर्मुस सुन्तलीले
अ अ+ अ-

क्रिकेट रंगशाला निर्माणको विरोधमा स्थानीयले चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले लगाएको बार भत्काएका थिए । ती स्थानीय युवालाई सुन्तलीले अपराधी भेर गाली गरेकी थिइन् । तर त्यस भनाईको स्थानीयले आपत्ति प्रकट गरेका थिए । अहिले स्थानीय सो बार भत्काएकोमा आत्मआलोचना गरेका छन् भने धुर्मुस र सुन्तलीले पनि माफी मागेका छन् । उनीहरुले एक विज्ञप्तिमार्फत माफी मागेका हुन् । धुर्मुस सुन्तलीको अपिल यस प्रकार छ –

रङ्गशालाका बिषयमा हाम्रो अपिल नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभुती प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली भाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिका बिच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधिन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउँन चाहान्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाइ गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ । रंगशालाको डिपिआर आइ नसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तिन तिर जस्ताले बेरबार गरेपनि सो साइडतिर स्थानियकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन् । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानिय टोल बिकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमती अनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउँन चाहान्छौं, कृषि तथा बन बिज्ञान विश्वबिद्यालयले सो ठाउँमा पहिलेनै काँडे तारको बार लगाएको थियो ।

सो भन्दा १ मिटर भित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डिपिआर आईसकेपछि मात्रै कुन बाटो पराकिलो बनाउँने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माण स्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानियको सल्लाह बमोजिमनै जस्ताको बार लगाउन सुरु गरेका थियौं । बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परि केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ । हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन ।

मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हु्न्छ । हामीले आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानिय प्रति हाम्रो केही गुनासो छैन् । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटी भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानताबस भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ । हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमती भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ ।

विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौँ । हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ । हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं । सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ । काममा बाधाव्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौँ । ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौँ ।

रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैँमा आग्रह गर्दछौँ । अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ । साथै स्थानिय महानुभावहरुले हामीलाई बार लगाईदिने र काम सुचारु गर्न बातावरण तयार गर्ने प्रतिबद्धता जनाईसक्नु भएकाले गर्दा स्थानिय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण श्रृजना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहान्छौं ।