६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । निकै सक्रिय दिनचर्या हुनुभएका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ ।

उहाँको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना हुनुभएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।