६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलभित्रको विकृति अन्त्य हुनुपर्ने



अ+ अ-

काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने बताउनुभयो ।

“व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ”, उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभयो । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय प्रशासनको पूर्ण साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताउनुभयो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले प्रहरी र स्थानीय सरकारले मात्र ठमेललाई शान्त बनाउन नसक्ने बताउँदै प्रत्येक व्यवसायीको सोच र विचारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।