२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा रात्रीकालीन बस चल्ने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए। राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको रात्रिकालीन जीवन चलायमान हुन सकेको छैन।

उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ। तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ। रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ। यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग छलफल चलाइरहेको छ। यस विषयमा मंगलबार पुन छलफल गर्ने दाहालले जानकारी दिए। खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।