६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

असिना पानीका कारण खानेपानीको अभाव



अ+ अ-

रुकुम (पश्चिम) । शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ ।

भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् । बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाखमा निर्माण भएको बल्ले खानेपानी आयोजना र रु ११ लाखमा निर्माण भएको खर्क खानेपानी आयोजनामा क्षति गरेको वडा सदस्य लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

खानेपानीका मुहानमा रहेका ट्याङ्की र पाइप बाढीले बगाएको उहाँले बताउनुभयो । खानेपानीको मुहानमै बाढी पसेपछि शनिबारदेखि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उहाँको भनाइ थियो । त्रिवेणी– १ का तीन गाउँ र एउटा विद्यालयमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको आपूर्ति बन्द हुँदा वडा नं १ को बल्लेका ८८, दहभागे–लग्रेका ७०, माथिगाउँका १०० घरधुरी र दिव्य चच्छु माविका ६०० विद्यार्थी खानेपानीको अभावमा परेका छन् ।

अहिलेसम्म जम्मा गरेर राखेको पानीले जसोतसो काम चलाए पनि अब जम्मा गरेको पानी पनि सकिएपछि स्थानीय खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । गाउँमा खानेपानीका स–साना मुहान भए पनि ती पर्याप्त नभएको स्थानीयको भनाइ छ । बल्ले खोलामा आएको बाढीले स्थानीयका दुई वटा घट्टसमेत बगाएको छ ।

लग्रेका हरिबहादुर केसी र बल्लेका मेवालाल ओलीको घट्ट बाढीले बगाएको हो । त्यस्तै बाढीका कारण वडाध्यक्ष मोहनकिशोर ओलीको घरसमेत जोखिममा परेको छ ।