१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

असिना पानीका कारण खानेपानीको अभाव



अ+ अ-

रुकुम (पश्चिम) । शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ ।

भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् । बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाखमा निर्माण भएको बल्ले खानेपानी आयोजना र रु ११ लाखमा निर्माण भएको खर्क खानेपानी आयोजनामा क्षति गरेको वडा सदस्य लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

खानेपानीका मुहानमा रहेका ट्याङ्की र पाइप बाढीले बगाएको उहाँले बताउनुभयो । खानेपानीको मुहानमै बाढी पसेपछि शनिबारदेखि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उहाँको भनाइ थियो । त्रिवेणी– १ का तीन गाउँ र एउटा विद्यालयमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको आपूर्ति बन्द हुँदा वडा नं १ को बल्लेका ८८, दहभागे–लग्रेका ७०, माथिगाउँका १०० घरधुरी र दिव्य चच्छु माविका ६०० विद्यार्थी खानेपानीको अभावमा परेका छन् ।

अहिलेसम्म जम्मा गरेर राखेको पानीले जसोतसो काम चलाए पनि अब जम्मा गरेको पानी पनि सकिएपछि स्थानीय खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । गाउँमा खानेपानीका स–साना मुहान भए पनि ती पर्याप्त नभएको स्थानीयको भनाइ छ । बल्ले खोलामा आएको बाढीले स्थानीयका दुई वटा घट्टसमेत बगाएको छ ।

लग्रेका हरिबहादुर केसी र बल्लेका मेवालाल ओलीको घट्ट बाढीले बगाएको हो । त्यस्तै बाढीका कारण वडाध्यक्ष मोहनकिशोर ओलीको घरसमेत जोखिममा परेको छ ।




भर्खरै